काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको छ। यो सँगै सुन प्रतितोला ८७ हजार कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि आइतबार सुन तोलको ८७ हजार दुई सयमा कारोबार भएको थियो।

यस्तै सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको छ। आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँ कायम थियो।

प्रतिक्रिया दिनुहोस !