चितवनः पूर्ब राष्ट्रपति डा. रामवरण यादबले महिला शिक्षित भए समाज शिक्षित हुने बताउनु भएको छ । मैया देवी कन्या कलेज भरतपुरको देस्रो कलेज सभा तथा बार्षिकोत्सब कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आजको युग महिलाको भएको भन्दै महिलालाई शिक्षित वनाउन आबश्यक रहेको बताउनुभयो ।
ग्रामीण क्षेत्रमा रहेका मधेशी, दलित, जनजाती, मुस्लिम समुदायका महिलाहरु अझै अशिक्षित हुँदा समाजमा बिकास हुन नसकेको भन्दै उहाँले भन्नुभयो “दलित, मुस्लिम, मधेशी आदीबासि समुदायका वालिका अझै शिक्षाको पहुँचबाट बाहीर रहेका छन् । उनीहरुलाई शिक्षाको पहुँचमा पु¥याउन सके समुन्नत समाजको बिकास हुन्छ ।”
महिला शिक्षित भएका देशहरु बिकसीत भएको भन्दै उहाँले शिक्षाले बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्नुभयो । उहाँले थप्नुभयो “महिलालाई शिक्षित वनाउन सके समाजमा भ्रष्टाचार न्यूनिकरणमा ठूलो योगदान पुग्छ ।” कन्या कलेजले महिलाको शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यादवले शिक्षा बिनाको समाजको अभ्यास गर्न नसकिने टिप्पणी गर्नुभयो ।
बागमती प्रदेशको पूर्ब प्रदेश प्रमुख अनुराधा कोइरालाले बिद्यालय स्तरमानै महिला लक्षित शिक्षा दिनु आबश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “रोजगारीको शिलशिलामा बिदेशीने महिलाहरु र नेपालमानै रहेका महिलाहरु पनि असुरक्षीत रहेका छन् । उनीहरुलाई लक्षित गरि बिद्यालय स्तरबाटै शिक्षा दिनु पर्छ ।” समाजमा रहेको बिकृत अन्त्यका लागि महिला शिक्षित हुन आबश्यक रहेको उहाँको भनाई थियो ।
कलेज सभाको क्रममा कलेज परिसरमा संरक्षक मैयादेवी श्रेष्ठको अर्धकदको शालिक र सरस्वतीको मूर्ती अनावरण गरीएको थियो । सभामा कलेजका संस्थाक अध्यक्ष रामृष्ण घिमिरे, कलेजका अध्यक्ष टंकनाथ पौडेल, कलेजका प्रमुख जेवी गुरुङ लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा कलेजलाई सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !