चितवनः जिल्लामा रहेको पशु बधशालामा बध गर्ने पशुको अभावम देखिन थालेको छ । पूर्बी चितवनको खैरहनीमा स्थानीय व्यवसायीहरु मिलेर पशु बधशाला निर्माण गरि संञ्चालनमा ल्याएको बधशालामा जिल्लाको उत्पादनले अपुग भएर बाह्य जिल्लाबाट भैसी र पाडा पाडी ल्याउने गरिएको छ । बधशालाका अध्यक्ष मनोज खड्गी जिल्लामा मात्रै नभएर वाह्य जिल्लाबाट भैसी र पाडापाडी ल्याउँदा समेत माग अनुसारको पु¥याउन नसकेको बताउनु हुन्छ ।
उहाँले भन्नुभयो “चितवनमा मात्रै अहिले दैनिक ७० देखि ८० वटा भैसीको मासुको माग हुने गरेको छ । तर हामीले दैनिक १५ देखि १८ वटा सम्म वध गरेर मासु वजारमा लाने गरेका छौ ।” जिल्लामा किसानहरुले भैसी पाल्न छाडेका कारण वजारमा आवश्यकता अनुसारको मासु पु¥याउन बाह्य जिल्लाबाट ल्याउनु परेको भए पनि त्यसले अपुग भएको उहाँको भनाई छ । यसलाई व्यवस्थापन गर्नका लागि एक स्थानमा पशु हाटवजार सञ्चालन ल्याउनु पर्ने उहाँको माग रहेको छ ।
बधशालाका आगि आबश्यक भैसी, पाडाहरु धनगढी, नवलपरासी, जितपुर र स्थानीय बजारबाट ल्याउने गरिएको छ । यहाँ उत्पादित मासु नारायणगढ, खोलेसिमल, पर्सा, रत्ननगर नगरपालिकाको बजारमा बिक्रि हुँदै आएको छ । भारतबाट भैसी आयातमा रोक लगाइएका कारण समस्या भएको संस्थापक बाबुराम शाहीले वताउनु भयो । बजारमा वधशालाको मासु खानु पर्छ भन्ने ज्ञान वढाउनु आबश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो“बधशालामा काटिएको मासु सफा हुन्छ भन्ने ज्ञान प्रयोगकर्तामा रहेको छ । तर महंगो भन्ने गरेका छन् ।” स्थापनाको समयमा ५–६ वटा भैसी मात्र खपत हुने सो वधशालामा अहिले माग वढ्दै गएको भए पनि आबश्यक पशु नपाउनुले बधशाला सञ्चालनमा समस्या आउँछकी भन्ने आशंका उव्जिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सरकारले बधशालामा काट्नु पर्ने निति ल्याएर यसलाई अझै व्यवस्थित गर्नु पर्छ ।”
खैरहनी नगरपालिका वडा नम्बर १ लालिगुँरास टोलमा सोही क्षेत्रका ४० जना मासु व्यवसायीहरु मिलेर मिलिजुली पशु बधशाला निर्माण गरि संञ्चालनमा ल्याएका हुन । घरायसी रुपमा मासु काटेर बेच्ने काम गर्दै आएका २२ जना र अन्य मासु पसल सञ्चालन गर्दै आएका व्यवसायीहरु मिलेर स्थापना गरिएको सो बधशाला व्यवस्थित तबरले सञ्चालमा ल्याईएको हो ।
बधशाला संञ्चालनका लागि रु ३ करोड भन्दा वढि लगानी भएको जनाइएको छ । संस्थापक शेयर धनि सुमन शाहीका अनुसार वधशाला परिसरमा भैसी र पाडापाडी राख्ने स्थान छुट्टै व्यवस्था गरिएको छ । कर्मचारीहरुलाई आबास परिसर भित्रै रहेको छ । वधशालाबाट दैनिक रुपमा प्रसोधन भएर २० देखि २५ क्यिन्टल मासु बिक्रिका लागि बाहिर लगिने गरेको छ । बधशालामा अहिले २० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
अहिले यहाँबाट मासु मात्रै उत्पादन हुँदै आएको छ । यहाँबाट सुपथ मुल्यमा किसानलाई बिक्रि बितरण गर्दै आइएको उहाँले जानकारी दिनुभयो । यहाँबाट ससेज, फ्रोजन मःम, रगतबाट माछाको दाना, हड्डीबाट कुखुराको दाना र प्राङ्गारिक मल उत्पादन गर्ने तयारी गरिएको छ ।






