
चितवनः पृथ्वीराजमार्गको चुुम्लिङटारमा ट्रक त्रिशुलीमा खस्दा दुई जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौं तर्फ जाँदै गरेको लु २ ख २७६ नम्बरको सिमेन्ट वोकेको ट्रक ईच्छाकामना गाउँपालिका वडा नम्बर ३ चुम्लिङटारमा अनियन्त्रीत भई सडकबाट एक सय मिटर तल त्रिशुली नदीमा खसेको हो ।
ट्रक त्रिशुलीमा खस्दा ट्रकका चालक र सहचालक घाईते भएका हछन । घाईते हुनेमा ट्रकका चालक नवलपरासीको सुनवलका २८ वर्षिय दिपक मगर र सहचालक १७ वर्षिय सुदिप वि.क. रहेका छन् । उनीहरु मध्ये चालक मगरको अबस्था गम्भिर रहेको छ भने सहचालकको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रक राति दुई वजे दुर्घटना भएको हो ।