चितवनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको पार्टी कार्यालय मदननगरमा बोड राखिएको छ । आज एक कार्यक्रमका बीच चितवनका नेता कार्यकर्ताहरुले साविकको एमालेको पार्टी कार्यालयमा एमाले लेखेको बोर्ड राखेका हुन् ।

यस अघि सो कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड रहेको थियो । पार्टी कार्यालयमा साविकका एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीको फोटो समेत टाँसिएको छ । बोर्ड हालेपछि नेता कार्यकर्ताहरुले खुशियाली मनाउँदै नाचगान पनि गरेका थिए ।
पार्टीको केन्द्रिय परिपत्र अनुसार मदननगरमा बोड राख्ने काम गरिएको हो । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । सर्वोच्च अदालतले साविकको दुई पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्काउने निर्णय गरेपछि दुई पार्टीहरु अलगअलग भएका छन् । अरुको नामसँग मिल्ने नाम राखेर एकता गरिएकाले सर्वोच्च अदालतले एकतालाई खारेज गरिएको एकता गर्ने भए कानुन अनुसार आउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस !