चितवनः नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा रहेका कम्युनिष्ट भनेका समस्या सृजना गर्ने मात्र भएको टिप्पणी गर्नु भएको छ । आज भरतपुर बिमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले यस्तो टिप्पणी गर्नु भएको हो । उहाँले भन्नुभयो “नेपालका कम्युनिष्ट भनेको समस्या सृजना गर्ने, अराजकता निम्त्याउने र समाधान गर्न जहिले पनि पछि हट्ने गर्छन ।” उहाँले थप्नुभयो उनीहरुको क्यारेक्टर लुट्ने थियो । सर्बोचचले लुट्न दिएन ।”

फरक प्रसंगमा बोल्दै उहाँले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताउनु भयो । उहाँले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताउनुभयो ।

नेता भण्डारीले महाधिवेशन सर्न अब नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “नेपाली कांग्रेस विधि अनुसार अगाडि बढ्नु पर्छ ।”

फरक प्रसंगमा उहाँले प्रतिपक्षले अप्ठ्यारो परेको समयमा देशको नेतृत्व गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो “नेतृत्व गर्न पाउँछ भने को जाँदैन ? नेतृत्वमा दुविधा नै छैन ।” पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने महस हुन सक्छ, तर देशलाई अप्ठ्यारो परेको बेलामा निकास दिनुपर्ने उहाँको भनाई थियो ।

सर्वाेच्च अदालतले आईतबार गरेको फैसाको प्रसंगमा उहाँले अदालतले गरेको फैसला विधिको विजय भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !