चितवनः नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भरतपुर कारागारमा राजनैतिक बन्दी जीवन विताइरहेका आफ्ना दाजुलाई आज भेट गर्नु भएको छ । कारागार कार्यालय चितवनमा रहनु भएका दाजु ६० वर्षिय चन्द्र वहादु चन्दलाई भेट गर्नुभएको हो ।

कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार बम बिस्फोट गराएको अभियोगमा असोज २८ गते पक्राउ पछि उहाँ कारागारमा हुनुहुन्छ । नवलपरासीको सुस्ता पश्चिममा पक्राउ परेका चन्द्रलाई उपचार गर्नु पर्ने भए पछि यहाँ ल्याइएको हो । दाजु भाइको भेटमा संगै रहनु भएका काफ्लेले दाजुलाई बिकशित घटनाक्रम र सहमतीका बिषयमा नेत्रबिक्रमले जानकारी गराउनु भएको थियो ।

सरकारसंग सहमती भईसकेकाले प्रकृया मिलाएर केही दिनमा कारागारबाट छुट्ने जानकारी पनि उहाँले दाजुलाई गराउनु भएको थियो । झण्डै आधा घण्टाको भेटमा उहाँले दाजुको स्वास्थ्य अबस्थाका बारेमा बिस्तृत रुपमा जानकारी लिएको काफ्लेले बताउनुभयो । दाजु चन्द्रले भाइलाई आँफुलाई भएको कोरोना सङ्क्रमण देखि अन्य समस्याका बारेमा अवगत गराउनुभएको थियो ।

नेत्रबिक्रम चन्दले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी र सरकारका बिचमा सहमती भए संगै सो पार्टीका कारागारमा रहेका वन्दीहरु छुट्ने भएका हुन । भूमिगत रहेका नेता कार्यकर्ता भने शुक्रबारबाट सार्बजनिक भएका छन् । यस कारागारमा सो पार्टीका वन्दी चन्दमात्र रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !