काठमाडौंः नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर जाने बताउनुभएको छ ।

“हाम्रो हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्छौं । कानुनी र संवैधानिक आधार मानेर सर्वोच्च अदालतले फैसला लिएको छ”पौडेलले भन्नुभयो । उनले अदालतको फैसला अनुरुप नै अगाडि बढ्ने बताउनुभयो ।

“सर्वोच्च अदालतलाई सधैँ सम्मान गर्दै आएका छौं । स्वतन्त्र न्यायालयमा विश्वास गर्ने राजनीतिक शक्ति हौं”, पौडेलले भभन्नुभयो । तर, कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !