चितवनः नेपाल कम्युनिष्ट पार्टी (विप्लब) समुहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिलेनै सरकारमा जाने वा नजाने बिषय महत्वपूर्ण नभएको बताउनुभएको छ । पत्रकारहरुसंग आज यहाँ कुराकानी गर्दै उहाँले पार्टीको निती भनेकोनै सरकारमा जाने र देशलाई चलाउने भएको स्पष्ट पार्नुभयो ।
सरकार बनाउन साथ दिने चरण सम्म अहिलेनै जाने भन्दै उहाँले भन्नुभयो “सरकारसंग भएका तीन वँुदे सहमती कार्यान्वयन पछि अरु कुराहरु खुल्दै जान्छ ।” बाँस्तोलाले संसदिय व्यवस्थामा दिएका समस्याहरु समाधान गर्दै बैज्ञानीक समाजबादको बाटोमा अघि वढ्ने गरि सरकार निर्माणमा सहयोग गर्ने पार्टीको निति रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “ हामी सरकारमा नजाने भन्ने होइन । संसदिय व्यवस्थामा देखिएका समस्याहरुलाई समाधान गरेर बैज्ञानीक समाजबादको वाटोमा अगाढी वढ्ने गरेर सरकारलाई सहयोग गर्ने हो ।” सरकार संग भएका सहमती कार्यान्वयन गर्दै देशको बिकासमा सबै दलाई एकताबद्ध गरेर अघि वढाउने उहाँको भनाइ थियो ।
सरकारसंग गरिएको सहमती प्रारम्भिक कुरा भएको उहाँले बताउनुभयो । पार्टीमाथि लगाइएको प्रतिवन्ध फुकुवा गर्ने, पार्टीका कार्यकर्ता रिहा गर्ने र नेकपाले देशको राजनैतिक समस्यालाई शान्तिपूर्ण रुपमा छलफलका माध्यमबाट समाधान गर्ने बिषयमा मात्रै सहमती गरेको बाँस्तोलाको भनाइ थियो ।
उहाँले भन्नुभयो “नेता कार्यकर्ता रिहाइको प्रकृया सुरु भएको छ । अब हाम्रो छलफल देशको राजनैतिक समस्या, आर्थीक समस्याहरुलाई समाधान गर्ने बिषयमा चल्छ ।” आँफुहरु संग देशको समस्या समाधानका लागि वृहत खाका रहेको उहाँले दावि गर्नुभयो ।
आफ्ना नेता कार्यकर्तासंग हतियार नरहेको भन्दै उहाँले राजनैतिक दलहरुलाई त्यस बिषयमा नआत्तिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “हामी संग हतियार छैन । यस बिषयमा कोही आत्तिनु पर्दैन ।” अहिले मुख्य कुरा देशको राजनैतिक र आर्थिक समस्या भएको भन्दै उहाँले यसलाई समाधान गर्ने तर्फ पार्टी सरकारसंग लाग्ने बताउनुभयो ।






