चितवनः प्रहरीले घुस दिन खोज्ने ट्रक चालकलाई पक्राउ गरेको छ । नारायणगढको पुल्चोकबाट नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं। २ देउरालीका ३२ वर्षिय भरत लुंगेली मगर पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार पुल्चोकमा ना ३ ख २३२२ नम्बरको ट्रक रोकेर कागजपत्र चेकजाँच गर्ने क्रममा मगरले घुस दिन खोजेका थिए । उनले कार्यक्षेत्रमा रहेका प्रहरी हवल्दार हरिबहादुर घर्तीमगरलाई चितवन राईस मिल समितिको चलानीपत्र भित्र एक सय रुपैयाँ घुस राखी दिने खोजेका थिए । सवारी चालक अनुमतिपत्र साथमा नभएका मगरलाई तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !