चितवनः पूर्बी चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राती आगलागी भएको छ । भरतपुर महानगरपालिका १९ रामपुर स्थित मधु सापकोटाले संचालन गरेको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।

विद्युत सर्ट भएर आगलागी भएको उहाँले बताउनुभयो । राती ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको थियो । भरतपुर महानरगपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसंगै स्थानिय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन ।

प्रतिक्रिया दिनुहोस !