चितवनः नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले जनताले काङ्ग्रेसलाई प्रतिपक्षमा बस्न भनेकाले अहिले सरकारमा जान हतार गर्न नहुने बताउनुएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले काङ्ग्रेस अहिले सरकारमा जान नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो “जनताले काङ्ग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षमा देख्न चाहेका हुन । त्यही अनुसार प्रतिपक्षमानै बस्नु पर्छ भन्ने मेरो धारणा हो ।” काङ्ग्रेसले अरुलाई सरकारमा सहयोग गरेर बाहिर बस्नु पर्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “अरुलाई सहयोग गर्ने भन्दैमा देशलाई संकटमा राख्ने संग नभई अरु संग सहकार्य गरेर अघि वढ्नुपर्छ ।” प्रधानमन्त्रीले संसद विघटन गरि संबिधानलेनै परिकल्पना नगरेको बिधि बिहिनता, संबिधान विहिनता र संबिधानबाद माथिनै नङ्न आक्रमण गरेको बिरोधमा काङ्ग्रेस लागेको भन्दै उहाँले राजनैतिक नैतिकताको दृष्ट्रिकोणले पनि प्रधानमन्त्रीलाई साथ दिन नसकीने बताउनुभयो ।

उहाँले भन्नुभयो “काङ्ग्रेस अब आउने दुई वर्ष पछि नेपाली जनताको जनादेश वोकेर सरकारमा जान्छ ।” काङ्ग्रेसले प्रतिपक्षको भूमिकालाई प्रभावकारी वनाउनु आबश्यक रहेको उहाँको भनाई छ ।

फरक प्रसंगमा बोल्दै उहाँले काङ्ग्रेस सरकारमा अलमल नगरि संबिधानको रक्षा गदैं महाधिबेशनमा लाग्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो “सरकार उनीहरुलाई चलाउन दिउँ । हामी संबिधानको रक्षा गर्दै महाधिबेशन गरेर जनतामाझ जानु पर्छ ।” अहिलेको समय बिकल्प बिहिन बिकल्प भएकाले महाधिबेशन हुने उहाँको जिकिर थियो ।

बिप्लन नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संग सरकारले गरेको सम्झौता स्वागत योग्य रहेको भन्दै उहाँले बिप्लब संग रहेका हतियारको बारेमा सम्झौता नहुनुलाई अर्थ पूर्ण रुपमा काङ्ग्रेसले लिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !