चितवनः नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले जिम्मेवारीबाट काङ्ग्रेस नभाग्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका नेता एकनाथ रानाभाटको १० औदिनको पूण्यतिथिमा यहाँ आज आयोजित शोक सभामा बोल्नुहुँदै उहाँले प्रधानमन्त्री वन्नुपर्ने अबस्था आए काङ्ग्रेस नभाग्ने बताउनुभएको हो ।

सभापति देउवा वोल्नु अघि बरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारी पूर्वक निर्वाह गर्नुपर्ने बताए पछि पौडेलको जवाफमा देउवाले काँधमा जिम्मेवारी आए नभाग्ने बताउनुभएको हो । देउवाले भन्नुभयो“काङ्ग्रेसले पदको लोभपनि गरेको छैन । टाउकोमा आयो भने भाग्ने पनि छैन ।” उहाँले थप्नुभयो “प्रधानमन्त्री पाउँ पनि भनेको छैन ।आयो भने भाग्नेवाला पनि छैन ।”

आँफु प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै पौडेललाई भन्नुभयो “चिन्ता नलिनुस रामचन्द्र जी म पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने अरुको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला ।” उहाँले थप्नुभयो“तपाई शेरवहादुर जी हुनै हुँदैन भन्ने चाहानुहुन्न जस्तो लाग्छ । मलाई तपाईको भनाइबाट त्यही बुझियो ।” पौडेललाई सानो चित्त नगर्न र बिशाल हृदय राख्न आग्रह गर्दै उहाँले अबको राजनितिमा जे आउँछ त्यो बेहोर्दै जानुपर्छ भन्नुभयो ।

उहाँले रानाभाटको राजनैतिक संघर्षको चर्चा गर्दै एक पटक मन्त्री वनाउने आफ्नो चाहाना पुरा नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !