चितवन: जिल्लाका माडीमा आगलागी हुदा एक घर जलेर नष्ट भएको छ । माडी नगरपालिका वडा नम्बर ७ देवन्द्रपुरको शिवालय मन्दिर नजिकका ४८ वर्षिय टोक प्रसाद गौडेलको घर आगलागीका कारण जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गौडेलको घरमा अचानक लाइटर पड्केर आगोलागी भएको हो । आगलागीबाट गौडेलको ढुङ्गामाटोले वनेको दुइतले कच्चि घर जलेर नष्ट भएको हो भने रु १० लाख वरावरको क्षती भएको कार्यालयका प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार गौडेलको घरमा आज दिउँसो २:३० वजे आगलागी भएको हो । आगलागी, स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस !