चितवन: उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले व्यवसाय प्रबर्धनका लागि अनलाईन सेवा संञ्चालन गर्न लागेको छ । व्यापार तथा निकासी प्रबद्धन केन्द्रले आज यहाँ नेपाल व्यापार सूचना पोर्टल सम्बन्धि अभिमुखिकरण कार्यक्रममा अनलाईन मार्फत व्यवसाय प्रबर्धन गर्नका लागि सरकारले प्रकृया सुरु गरेको जानकारी दिईएको हो ।

नेपालमा उत्पादीत सामाग्रीहरुलाई बिदेशमा निर्यात गर्न सहज होस भन्ने उद्धेश्यका साथ सरकारले पोर्टल संञ्चालन गर्न लागेको केन्द्रका निर्देशक एबं कार्यक्रमका प्रशिक्षक सुरेन्द्रनाथ गोंगलले जानकारी दिनुभयो । नेपालमा उत्पादन भएका सामाग्रीहरुको जानकारी रहने सो पोर्टलमा बार्षिक रुपमा हुदैं आएको व्यापार घाटा लगाएतका बिषयमा जानकारी लिन सकिने छ । उहाँले भन्नुभयो “यो पोर्टल मार्फत व्यवसाय प्रबर्धन गर्न चाहनेहरुका लागि आफ्नो उद्योगबाट उत्पादीत १० वटा बस्तुलाई निशुल्क राख्न सकिने छ ।”

यसमा निर्यातका आगि आवश्यक जानकारी सहित उद्योग दर्ता र लगानीका बिषयमा समेत जानकारी दिईने छ । नेपालमा पहिलोपट चितवनबाट यसको जानकारी दिन थालिएको बताउँदैं उहाँले भन्नुभयो “नेपाली उत्पादनका लागि बिदेशी वजारको अबस्थाका बारेमा समेत यहाँ जानकारी दिईने छ ।” आयात र निर्यातका बिषयमा यस पोर्टलबाट जानकारी दिइने भएकाले यसले नेपालका उद्योगहरुलाई वजारको व्यवस्थापनका लागि सहयोग पुग्ने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले नेपालमा उत्पादित सामाग्रीहरु बिदेशी वजारमा निर्यात गर्न नसक्दा व्यापार घाटा वढेकाले सरकारले यो अनलाईन सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । निर्यातलाई प्रवद्धन गर्दै आयातलाई प्रतिस्थापन गर्नका लागि यो पोर्टल तयार गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बिदेशीहरुले नेपालको उत्पादनलाई कस्तो सुबिधा दिएका छन् भन्ने विषयमा जानकारी दिनु यसको महत्वपूर्ण काम रहने छ ।” उद्योग र उद्योमीहरुलाई लक्षित गरि यो कार्यक्रम ल्याईएको उहाँको भनाइ छ ।

उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग परिसंघ प्रदेश नम्बर २ का अध्यक्ष नरेश दाश, च्याम्बर अफ कर्मश चितवनका उपाध्यक्ष गोपाल भट्टराई, उद्योग वाणिज्य संघ रत्ननगरका वरिष्ठ उपाध्यक्ष शंकर गिरि, उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कडेंल लगाएतले यस अनलाईनले आयातलाई प्रतिस्थापन गर्दै नेपाली उत्पादनको वजार प्रबर्धनमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !