चितवनः ताला खुल्न नसके पछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त वनेको छ । आर्थिक बर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन ।

विश्वविद्यालय भित्र राजनैतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त वन्दै गएको हो । विश्वविद्यालयको उपकुलपति, रजिष्टार, डिन लगाएतका महत्वपूर्ण पदहरुमा नियुक्ती भई सके पनि निर्देशक, परिक्षा नियन्त्रक, सहायक डिन लगाएतका पदका लागि हानथाप परेको छ ।

विश्वविद्यालयका प्रशासन प्रमुख वुद्धि ढुङ्गानाका अनुसार पुस पहिलो साताबाट केन्द्रिय कार्यालय र डिनका कार्यालहरुमा तालाबन्दी छ । ती कार्यालयहरुमा पूर्ब एमाले निकट प्रगतिशिल प्रध्यापक संगठन, प्रगतिशिल कर्मचारी संगठन र नेपाली काङ्ग्रेस निकट प्रजातन्त्रबादी प्रध्यापक संघले तालावन्दी गरेको छ । पूर्ब माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन र पूर्ब स्विकृत ज्यालादारी कर्मचारीले लगाएका ताला भने खुलेको उहाँले जानकारी दिनुभयो ।

असन्तुष्ट प्राध्यापक र कर्मचारीले उपकुलपतिको राजिनामा सहितका माग राखेर तालाबन्दी गरेका हुन । विश्वविद्यालयमा असोज ९ गते प्रा.डा. पुण्यराज रेग्मी उपकुलपति नियुक्त पछि विश्वविद्यालयमा निरन्तर जसो तालावन्दी रहेको छ । उपकुलपति रेग्मीले बिबादको समाधान गर्न नसकेका कारण विश्वविद्यालय दिन प्रतिदिन खस्कदै गएको त्यहाँ कार्यरत प्रध्यापकहरु बताउँछन् ।

विश्वविद्यालय भित्रकै प्राध्यापकलाई उपकुलपती वनाउन नसक्दा बाहिरबाट आउनेले वास्ता नगरेकै कारण विश्वविद्यालय अस्तव्यस्त वनेको उनीहरुको भनाई छ । लामो समय तालावन्दी भएर विश्वविद्यालयका कामकाज पूर्ण प्रभाबित वन्दा समेत उपकुलपतिले वास्ता नगरेको प्रध्यापकहरु वताउँछन् । उपकुलपति रेग्मीलाई यस बिषयमा जानकारी लिन खोज्दा उहाँ संग सम्पर्क हुन सकेन ।

बिश्वविद्यालयका कृषि संकायका डिन जयप्रकाश दत्तले समस्या समाधान गरेर विश्वविद्यालयका प्रशासनीक काम अघि वढाउने प्रयास भईरहेको जानकारी दिनुभयो । पठनपाठन र परिक्षाका काम भने रोकीएको छैन । विश्वविद्यालयको उच्च पदाधिकारीहरुको समुहहरुबाटनै तालावन्दी हुँदा समेत छलफल गरेर निकास निकाल्न सकिएको छैन ।

विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा.डा. सूर्यकान्त घिमिरे जुन उद्धेश्यका साथ विश्वविद्यालय स्थापना भएको हो त्यस अनुसार पदाधिकारीहरुले काम नगर्दा विश्वविद्यालयनै बिघटनमा जानेहोकी भन्ने चिन्ता वढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “सत्ता पक्षका व्यक्तिहरुको आपसि गुटबन्दीका कारण विश्वविद्यालय तहसनहस भयो ।” समयमानै सरकारले ध्यान नदिएमा विश्वविद्यालय बिघटन सम्म पुग्ने देखिएको छ । सरोकारवालाहरुले ध्यान दिनु प¥यो उहाँको भनाई छ ।

कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने उद्धेश्यले वि. सं. २०६७ सालामा सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन निर्माण गरि यो विश्वविद्यालय स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस !