चितवनः पटिहानी क्षेत्रको खेलकुद बिकासका लागि बतास ब्रदर्श प्रा.लि. र पटिहानी फुटवल क्लब चितवन बिच सहमती भएको छ । आज यहाँ क्लबका अध्यक्ष पोष्टराज तिमिल्सीना र ब्रदर्शका उपमहा प्रबन्धक राजेश रानाभाट बिच खेलकुद बिकासका लागि दुई पक्षिय सम्झौता गरिएको हो ।

ब्रदर्शले पटिहानी फुटवल क्लबलाई यस वर्ष रु १ लाख ५० हजार नगद सहित खेलकुद सामाग्री हस्तान्तरण गर्ने र क्लवले सो सहयोगलाई खेल क्षेत्रको बिकासका लागि प्रयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता पत्रमा क्लवले एक वर्षका लागि आफ्नो क्लवको नाम अगाडी दोस्रो पक्षको नाम जोड्ने, दोस्रो पक्षको कार्यक्षेत्र भित्र पहिलो पक्षको कार्यक्रम हुँदा सहजिकरण गर्ने लगाएतका कामहरु गर्ने सहमती भएको हो ।

सम्झौता कार्यक्रममा बोल्दै ब्रदर्शका रानाभाटले यो सम्झौता एक वर्षका लागि रहने बताउनुभयो । यसले खेल क्षेत्रको बिकासका लागि महत्वपूर्ण भूमिका खेल्ने उहाँको बिश्वास थियो । सो अबसरमा बोल्दै क्लवका अध्यक्ष तिमिल्सीनाले क्वलले जिल्ला स्तरीय खेलाडी उत्पादन गर्ने वताउनुभयो । क्लबको तीन वटा मैदानमा एउटामा बिदालय स्तरीय खेलाडी उत्पादन र एउटामा युवा खेलाडीको प्र्रशिक्षण गरिने छ भने एउटामा नियमित खेल सञ्चालन गरिने सो अबसरमा जानकारी दिइएको थियो ।

क्लबको क्षेत्र भरतपुर महानगरपालिका वडा नम्बर १३,१४ र २२ रहेको छ । ती वडाका युवा खेलाडीलाई लक्षित गर्दै कर्यक्रम गरिने छ ।

प्रतिक्रिया दिनुहोस !