चितवनः प्राईम कमर्सियल बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत देवघाट स्थित रामजानकी गार्गी कन्या गुरुकुलमलाई सहयोग गरेको छ । गुरुकुलको योग, ध्यान एवं साधना गर्ने भवन निर्माण सम्पन्न गर्न रु चार लाख सहयोग गरेको हो ।

बैंकका भरतपुर शाखा प्रबन्धक पदमराज पौडेलले गुरुकुलका कार्यबाहक अध्यक्ष शान्त प्रसाद पोख्ररेललाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । साथै काठमाडौंको लाजिम्पाट निवासी बिमला मानन्धरले गुरुकुलमा ६ क्विइन्टल चामल, ६० किलो दाल र ३० लिटर तेल उपलव्ध गराउनु भएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

प्रबन्धक पौडेलका अनुसार बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न सामाजिक संघ संस्थालाई सहयोग गर्दै आएको छ । गुरुकुलको यो महत्वपूर्ण काममा बैंकले साथ दिएको उहाँले जानकारी दिनुभयो । सो गुरुकुलमा हाल ६० जना बालिकाहरु रहेका छन् । उनीहरुलाई संस्कृत पढाइदै आएको छ ।

संस्थाका सदस्य सृजना अर्यालले यो गुरुकुल नेपालकै नमुना भएको बताउनुभयो । उहाँले भन्नुभयो “छोरीहरुलाई संरक्षण सहित यस ढङ्गले शिक्षा दिएको यो नमुना गुरुकुल हो ।”

प्रतिक्रिया दिनुहोस !