चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एबं पूर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माडीमा निर्माण गरिने राममन्दिरको प्रमुख पुजारी वनाउने बताउनुभएको छ । नेकपा चितवनले आज यहाँ आयोजना गरेको बिजयी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले राममन्दिर वनाएर उहाँलाई प्रमुख पुजारी राखिने बताउनुभएको हो ।

संसद विघठन गरेर राममन्दिर वनाउँछु भनेको भन्दै उहाँले अब उहाँको औकात त्यही मन्दिरको पुजारी राख्नुपर्ने समय आएको बताउनु भएको हो । कार्यक्रममा उहाँले नेपालमा न्याय नमरेको पुष्टि भएको बताउनुभयो । उहाँले प्रतिगमन बिरुद्ध सर्वोच्च अदालतले गरेको निर्णयले न्याय नमरेको पुष्टि भएको बताउनुभएको हो ।

सर्वोच्चको निर्णयले लोकतन्त्र र संबिधान वचाउन सफल भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “प्रतिगमन विरुद्धको आन्दोलन र सर्वोच्च अदालतका न्याय मूर्तिहरुको प्रयासले प्रतिगमन पराजित भएको छ ।” सरकारले गरेको निर्णय प्रतिगमन भएको भन्दै उहाँले थप्नुभयो “ न्यायपूर्ण आन्दोलनलाई बचाउनु भयो । न्यायमूर्तिहरुलाई सलाम छ ।”

पाण्डेले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै भन्नुभयो “ओलीजी तपाइँले संसदलाई निमोठ्नु भएको थियो । तपाइँमा नैतिकता छ भने तुरुन्तै राजीनामा दिएर मार्ग प्रसश्त गरिदिनुस ।” चितवनका जनता सधैँ न्यायको पक्षमा रहेको उहाँको भनाइ थियो । हाम्रो चितवन, राम्रो चितवन, सभ्य चितवन भव्य चितवन बनाइने उहाँले बताउनुभयो ।

नेकपाको मुलधार अध्यक्षद्धय प्रचण्ड र नेपालले समातेको भन्दै उहाँले बाटो बिराएर गएकाहरुलाई घर फर्कन समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “सर्वोच्चले मुलधार यही हो भनेर पुष्टि गरिसकेको छ । आउनु हामी संगै जाउँ ।” नेकपालाई एक जुट वनाएर लैजाने समय आएको उहाँको भनाई थियो ।

सो अबसरमा बोल्दै नेकपा वागमती प्रदेश अध्यक्ष नारायण दाहालले प्रतिगमन सच्याउने काम अदालतले गरेको बताउनुभयो । अव देशको जिम्मेवारी सबैमा आएको भन्दै उहाँले भन्नुभयो “सबै दल संग सहकार्य गरेर देशलाई सम्बृद्धि तर्फ लैजानु छ ।”अहिलेको बिजय प्रतिगमनकारी बिचार बिरुद्धको भएको उहाँको भनाई थियो ।

अहिलेको जित संघियता, गणतन्त्र र धर्म निरपेक्षताको भएको भन्दै उहाँले भन्नुभयो “देशमा प्राप्त उपलव्धिहरु रक्षा गर्ने जिम्मेवारी जनताले हाम्रो काँधमा सुम्पिएका छन् । ओलीलाई होइन ।” नेकपा केन्द्रीय सदस्य एबं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संबिधानको रक्षाका लागि अदालतले गरेको निर्णय स्वागत योग्य रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा चितवन इन्चार्ज कृष्ण खनाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार लगाएतले बोल्नुभएको थियो । कार्यक्रमलाई पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको भए पनि उहाँहरु भने कार्यक्रम सुरु हुनु अघिनै काठमाडौं फर्कनु भएको थियो । अध्यक्षद्धयको भाषण सुन्नका लागि जिल्लाका गाउँगाउँबाट कार्यकर्ताहरु आएका थिए ।

प्रतिक्रिया दिनुहोस !