चितवनः सर्वोच्च अदालतले संसद बिघटन बदर गरे संगै पूर्ब निर्धारित आज यहाँ हुने भनिएको बिरोध सभामा सहभागी हुन आउनु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (दाहाल–नेपाल) समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल काठमाण्डौ फर्कनुभएको छ । यहाँ आइसके पछि मंगलबार साँझ सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेपछि बिरोध सभालाई बिजय सभाको रुपमा परिणत गरिएको छ ।

प्रेस संगठनका नेता सुरेशचन्द्र अधिकारीका अनुसार यस कार्यक्रमलाई अन्य नेताहरुले संम्बोधन गर्ने गरि प्रचण्ड र नेपाल काठमाडौं फर्कनुभएको हो । उहाँहरु आज बिहान १०ः४५ वजे जहाजबाट जानुभएको उहाँले जानकारी दिनुभयो । काठमाडौंमा बिभिन्न महत्वपूर्ण भेटघाटहरु गर्नुपर्ने भए पछि यहाँको कार्यक्रम छाडेर फर्कनु भएको अधिकारीले बताउनुभयो ।

सो समूहले आज अपरान्ह संसदीय दलको बैठक समेत आह्वान गरेको छ । सभालाई नेकपाका नेता सुरेन्द्र पाण्डे, नारायण दाहाल, रेनु दाहाल लगाएतले सम्बोधन गर्दै हुनुहुन्छ । विजय सभा हुनु अघि बिभिन्न स्थानबाट ¥यालि निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस !