चितवनः नेपाल तरुण दल चितवनको बैठक सम्पन भएको छ । आज नेपाली कांग्रेसको कार्यालय कमलनगरमा बैठक बसिएको थियो ।

तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्धान गुरुङको उपस्थितिमा सम्पन्न भएको बैठकले शिव पौडेलको हत्यारालाई गरिएको आम माफीका बिषयमा छलफल भएको थियो । तत्कालीन तरुणदल चितवनका अध्यक्ष शिव पौडेललाई कारागार कार्यालयमा हिरासतमा रहेको समयमा भित्रै धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो । सो अभियोमा दोशि ठहर भएकाहरु मध्ये तीन जना लाई राष्ट्रपतिले आममाफि दिनु भएको हो ।

यहि फागुन ७ गते शिव पौडेलको हत्यामा संलग्न लाई गरिएको आम माफी न्यायोचित नरहेको भन्दै कांग्रेस केन्द्रीय समिति , प्रधानमन्त्री कार्यालय र राष्टपति कार्यालयमा ध्यानाकषण गराउने निर्णय गरेको सचिव प्रल्हाद उप्रेतीले जानकारी दिनुभयो । बैठकले केन्द्रीय समितिको आयोजनामा जिल्ला बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ। आन्दोलनका कार्यक्रम तय गर्नका लागि भोलि पून बैठक बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !