चितवनः कृषि तथा पशुपन्छी बिकास मन्त्री पद्यमा अर्यालले नेपाल कम्युनिष्ट पार्टी बिभाजन नभएको बताउनु भएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले निर्वाचन आयोगले पनि पार्टी वभाजन नभएको जानकारी दिएको भन्दै पार्टीको आधिकारीकताको विषय अहिले छलफलको बिषय वन्न नसक्ने वताउनुभयो ।

उहाँले भन्नुभयो “पार्टी नफुटोस भन्ने चाहना प्रधानमन्त्री र हामी सबैको छ।”केही असन्तुष्टि राख्दै साथिहरु वाहिर जानु भएको उहाँको भनाई छ । पहिलो नम्बरको अध्यक्ष आधिकारीक नभई दोस्रो नम्बरको अध्यक्ष आधिकारी हुने कुरा हुन नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “असन्तुष्टिहरु भएर त्यही अनुसारको गतिबिधि गर्दै आउनु भएको छ । पहिलो नम्बरको अध्यक्षले भनेको नमान्ने भए दल दर्ता गरेर जान सक्नुहुन्छ ।” संगै मिलेर जान प्रधानमन्त्रीले आग्रह गर्नु भएको उहाँको भनाई थियो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपि शर्मा ओलीलले एक जनाल सदस्यलाई पनि कारवाही नगरेको उहाँको भनाई थियो ।

पार्टीलाई आधिकारीकता निर्वाचनले दिने भन्दै उहाँले निर्वाचन प्रकृया सुरु भए संगै पार्टीको आधिकारीकता कुन हो भन्ने पुष्टि हुने बताउनुभयो । उहाँले भन्नुभयो “जव निर्वाचनको प्रकृया सुरु हुन्छ अगाडी वढ्छ, राजनैतिक दल दर्ता प्रकृया र चिन्ह हस्तान्त्रण प्रकृया संगै आधिकारीकताको बिषयको बिबाद टुङ्गिन्छ ।”

सरकारले निर्वाचनको मिति तय गरिसकेको बताउँदै उहाँले तोकीएको समयमा निर्वाचन सम्पन्न हुने बताउनुभयो । निर्वाचन सम्पन्न गर्ने तरिकाले सरकार लागेको छ भन्दै उहाँले निर्वाचन पछि आएको मत परिणाम अनुसार सरकार गठन पछि आँफुहरु वहिरगमन हुने जानकारी दिनुभयो ।

फरक प्रसंगमा बोल्दै मन्त्री अर्यालले किसानहरुले प्रयाप्त मात्रामा मल र विउविजन पाउने गरी सरकार अघि वढेको बताउनुभयो । किसानलाई मलको समस्या नहोस भनेर मन्त्रालयले योजना वनाएर मल ल्याउने काम सुरु गरेको उहाँको भनाई छ । धान वालिमा आबश्यक पर्ने मलका लागि अहिलेनै सरकारका तर्फबाट प्रकृया सुरु भएको भन्दै उहाँले भन्नुभयो “किसानको यो समस्या दिर्घकालिन रुपमा समाधान गर्न नेपालमानै मल कारखाना स्थापनाका लागि छलफल भईरहेको छ ।” आगामी मन्त्रीपरिषदमा यस विषयमा छलफल हुने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !