चितवनः रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ । रत्ननगर नगरपालिका वडा नं. ९ सिंचाईगोट अगाडि पूर्वपश्चिम राजमार्गमा आज बुधबार बिहान ट्रकले ठक्कर दिंदा हरिण मरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्य थापाका अनुसार बिहान अन्दाजी ४ः३५ बजेको समयमा उक्त घटना भएको हो । रौतहटबाट नुवाकोट जान आउँदै गरेको ना ६ ख १४६० नम्बरको ट्रकले हरिणलाई ठक्कर दिंदा घटनास्थलमै हरिणको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

घटनापछि फरार रहेका चालक र ट्रकलाई प्रहरीले भरतपुर १ रामनगरबाट पक्राउ गरेको छ । नवलपरासीको देवचुली नगरपालिका वडा नं। १ बस्ने २४ वर्षिय अनिल कुमाललाई बिहान ६ः४५ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चालक र ट्रकलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय चितवन पठाईएको थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !