चितवनः हिरक आरोहण तीर्थराज न्यौपाने नामक पुस्तकको आज यहाँ बिमोचन गरिएको छ । पुस्तकको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले एक समारोहका बिच बिमोचन गर्नुभएको हो ।

हिमालय खवर अनलाइन पत्रिकाले न्यौपाने ७६ वर्ष प्रबेश गर्नुभएको अबसरमा पुस्तक प्रकाशन गरेको हो । पुस्तकमा न्यौपानेका बारेमा ४० जना लेखकले लेखेका लेखहरु समावेश गरिएको छ । १ सय ३६ पृष्टको सो पुस्तकमा न्यौपानेको बल्यकाल देखि अहिले सम्मको जीवनी समेटीएको छ । जीवनको लामो समय स्काउटमा बिताउनु भएका न्यौपानेको जीवन संघर्ष र स्काउट सेवाका बिषयमा अन्तर्राष्ट्रीय व्यक्तिहरुले गरेको वयान समेत पुस्तकमा समाबेश गरिएको छ ।

जीवन परक रहेको सो पुस्तकको बिमोचन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी भट्टराईले विश्व परिबेश सुहाउँदो नागरिक उत्पादनमा न्यौपानेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । स्काउटमा लागेर समाज परिवर्तनमा लाग्नु भएका न्यौपानेको जीवनीले समाज परिबर्तमा योगदान पुग्ने उहाँको भनाइ थियो ।

सो अबसरमा बोल्ने वक्ताहरुले स्काउटका माध्यमबाट समाजमा न्यौपानेले खेल्नुभएको भूमिकाका वारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्व सांसद जग्गनाथ पौडेल, शिक्षा बिकास तथा समन्वय इकाइ चितवनका प्रमुख भूमिलाल सुवेदी, शिक्षा विद रमाकान्त सापकोटा, पुस्तकका सम्पादक केदारनाथ खनाल, साहित्यकार गोविन्दराज बिनोदी, परिवारका तर्फबाट भिष्मराज न्यौपाने लगाएतले बोल्नुभएको थियो ।

हिमालय खवर अनलाईन पत्रिकाका सम्पादक बिजय घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्काउटमा ५० वर्ष बिताउनुभएका न्यौपनेको जीवन त्याग र समर्पणमा बितेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस !