
चितवनः पूर्बी चितवनको खैरहनी नगरपालिकामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटननामा परि मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ५ का २२ वर्षिय सुरेश चौधरी रहेका छन् ।
पूर्ब पश्चिम राजमार्गको खैरहनी नगरपालिका वडा नम्बर १ तरकारी चोकमा लोथरबाट नारायणगढ तर्फ आउँदै गरेको ना ५ ख १७४० नम्बरको बसमा सोही दिशाबाट आइरहेको ना ५९ प ८७७ नम्बरको मोटरसाईकल बुधबार राती १ः३५ वजे ठक्कर खाएको थियो । ठक्करबाट घाइते मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा राती १ः५५ वजे पुरानो मेडीकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परि मोटरसाइकलको पछाडी सवार अर्का एक जना घाईते भएका छन् । घाइते हुनेमा कालिका नगरपालिका वडा नम्बर ५ का ३१ बर्षिय सुनिल चौधरी रहेका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते चौधरीको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर खाने दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।