चितवनः रोटरी क्लब अफ नारायणी मिड टाउन भरतपुरले माडी नगरपालिका अन्तर्गत रहेको अयोध्यापुरी स्वास्थ्य चौकी लाई आज एक कार्यक्रममा बिच स्वास्थ्य सम्बन्धी उपकरण लगायत फर्निचर सामाग्री हस्तान्तरण गरेको छ ।

चितवनको बिकट क्षेत्र भनेर चिनेने माडी नगरपालिकाको अयोध्यापुरी स्वास्थ्य चौकीमा स्वास्थ्य सम्बन्धि उपकरण र फर्निचरको अभाबका कारण त्यस क्षेत्रमा बसोबास गर्ने नागरीकहरुले उचित स्वास्थ्य सेवा नपाएको गुनासो आएपछी आँफुहरुले रोटरी क्लब अफ सिल्केबर्ग कनेक्ट डेनमार्क सङ्ग सहकार्य गरि उसकै सहयोगमा करिब ६५ लाख बराबरको स्वास्थ्य सम्बन्धि उपकरण हस्तान्तरण गरिएको र ३० लाख बराबरको उपकरण आउन बाँकी नै रहेको रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष यमनाथ दनैले जानकारी गराए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा डिजि राजिव पोख्रेल , असिस्टेन्ट गभरमेण्ट रमेश श्रेष्ठ, सचिव सुशील रिजाल, रोटरी क्लब अफ नारायणी मिड टाउनका पुर्व अध्यक्ष डा। केशव भुर्तेल, रबिन्द्र बज्राचार्य, फस्टलेडी राजकुमारी शर्मा दनै, क्लबका सचिव भुपेन्द्र कुमार श्रेष्ठ , रोटरीएन ई। बिराज घिमिरे, रामचन्द्र लम्साल, टिकाराम घिमिरे, रामचन्द्र पिया, दिपेश श्रेष्ठ , वरिष्ठ उपाध्यक्ष अर्पन प्रधान भण्डारी प्राइम कन्ट्र्याक्ट रोटरीएन राजेश्वर खनाल लगायतको उपस्थिति रहेको थियो ।

अयोध्यापुरी स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख शिव सुबेदीले रोटरी क्लब अफ नारायणी मिड टाउनले गरेको यो सहयोगले आम माडी बासी महिला दिदी बहिनीहरुलाइ गर्भवती अवस्थामा आइपर्ने समस्या र सुत्केरी अवस्थामा उचित स्वास्थ्य उपचार नपाएर ज्यानै सम्म जान सक्ने जोखिम बाट मुक्त गराईदिएको भन्दै क्लबलाई धन्यबाद दिए । साथै प्रजनन सम्बन्धि जुनसुकै समस्याहरुलाइ अब अयोध्यापुरी स्वास्थ्य चौकी बाट नै समाधान गर्न सकिने भएकाले सबै महिला दिदी बहिनिहरुलाई ढुक्क भएर उपचारका लागि आउन आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस !