काठमाडौंः यो वर्षको बजेट ९१ प्रतिशत मात्रै खर्च हुने भएको छ । बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले यो वर्षमा बजेटको ९१.१९ प्रतिशत खर्च हुने प्रक्षेपण गरेको हो । यो वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाँ बराबरको बजेट ल्याइएको थियो । त्यसमध्ये १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैंया खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ ।

त्यसमध्ये चालूतर्फ ९६.४० प्रतिशत, पुँजीगततर्फ ८०.२० प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८५ प्रतिशत खर्च हुनेछ । सरकारले यो वर्ष प्रतिनिधिसभाको चुनाव घोषणा गरेको छ । त्यस्तै यही वर्ष कोरोना महामारीको खोप समेत ल्याउने जनाएको छ । ठूला खर्च हुने दुवै योजना बजेट बाहिरका हुन् । यी खर्च जोड्दा पनि खर्च निराशाजनक देखिएको हो ।

प्रतिक्रिया दिनुहोस !