
चितवनः चितवन जिल्ला व्याडमिन्टन संघ र हरिलाला धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । भोली देखि फागुन १ गते सम्म प्रतियोगिता संञ्चालन हुने छ ।
चितवन जिल्ला व्याडमीन्टन संघका अध्यक्ष भरत मल्लका अनुसार प्रतियोगितामा देशभरका ३ सय जना खेलाडी आठ वटा बिधाका लागि सहभागी हुने छन् । भरतपुरको कभडहलमा हुने प्रतियोगितामा प्रथम हनेलाई रु १ लाख १५ हजार, दोस्रो हुनेलाई रु ५५ हजार र तेस्रो हुनेलाई रु १५ हजार नगद, ट्रफि र सम्मान पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा १७ वर्ष देखि ४५ वर्ष उमेर समुहका खेलाडीहरुले सहभागिता जनाउँदै छन् । राष्ट्रिय स्तरका खेलाडीहरुको समेत सहभागिता जनाउने मल्लले जानकारी दिनुभयो ।
प्रतियोगिताको बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिता सम्पन्न गर्न रु ८ लाख १९ हजार खर्च लाग्ने जनाइएको छ ।