काठमााडैः अधिवक्ता महेश नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको आधिकारिकतामाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सोमबार संवैधानिक इजलासमा बहस गरेका अधिवक्ता नेपालले प्रतिनिधिसभा विघटनपछि आएको अविश्वासको प्रस्तावको आधिकारिकताको प्रश्न उठाएका हुन् ।

उहाँले भन्नुभयो “अहिले विश्वासको मत लिएको पनि होइन । अविश्वासको प्रस्ताव आएको पनि होइन । संसद् विघटन भएपछि आएको अविश्वासको प्रस्तावको आधिकारिकताको प्रश्न पनि छ ।”

अधिवक्ता नेपालले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले दर्ता गरेको भनिएको अविश्वासको प्रस्तावमा संसदीय दलको नेता भएर आएको पनि उल्लेख नभएको दाबी गर्नुभयो ।

ुअविश्वासको प्रस्तावमा उनले म पार्टी फुटाएर आए पनि भनेका छैनन् । यति भनेपछि संसदीय दलको नेता परिवर्तन भएको छैन उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !