जाजरकोटः सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्‍याएपछि जाजरकोटका छ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ ।

जाजरकोटका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।

एकैपटक जिल्लाका पाँच ठाउँमा रहेका टेलिफोन टावरमा सल्लाभीरबाट सिग्नल प्रसारण नहुँदा सञ्चार सेवा विच्छेद भएको हो ।
टावरमा चट्याङ परेकाले मर्मत गर्न केही समय लाग्ने टेलिकम जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !