हाम्रो दृष्टि राम्रो दृष्टि कालिका नगरपालिका कार्यसमितिको आयोजनामा “सपनाको झोला”अन्तर्गतको तेस्रो कार्यक्रम सम्पन्न गरेको छ। कालिका नगरपालिका वडा नं ०७मा अवस्थित राष्ट्रिय आधारभूत बिधालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा आठ सम्म पढने बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो। नेपाल शिक्षक संघ चितवनका अध्यक्ष,शिक्षाविद् डा.हरि प्रसाद कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाका केन्द्रिय अध्यक्ष अरुण पौडेल,संस्थापक तथा निवर्तमान अध्यक्ष बसन्त गैरे बिशिस्ट अतिथी रहनु भएको कार्यक्रममा सोही बिधालयका बिधालय व्यवस्थापन समितीका अध्यक्ष लिला बहादुर रायमाझी,बिधालयका सहायक प्रधानध्यपक ज्ञानेन्द्र घिमिरे,कालिका नगरपालिका नेपाली कांग्रेसका उपसभापति मिलन पाण्डे लगायत विभिन्न समाजसेवी व्यकित्वहरु अतिथी रहनुभएको कार्यक्रम हाम्रो दृष्टि राम्रो दृष्टि कालिका नगरपालिकाका संयोजक पुरुषोत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न भएको थियो। संस्थाका केन्द्रिय उपाध्यक्ष सविना न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा संस्थाका केन्द्रिय सदस्य,बालबालिका संयोजक श्रवण बर्सौला,जुटपानी टोल विकास संस्थाका अध्यक्ष दुर्गा रायमाझी,बिधालय व्यवस्थापन समितीका अध्यक्ष लिला बहादुर रायमाझी,बिधालयका सहायक प्रधानध्यपक ज्ञानेन्द्र घिमिरे,संस्थाका केन्द्रिय अध्यक्ष अरुण पौडेल,संस्थाका संस्थापक अध्यक्ष वसन्त गैरे र प्रमुख अतिथी कंडेलले आफ्नो बिचार संगै शुभकामना मन्तव्य राख्नुभएको थियो। सोही कार्यक्रममा आफ्नो बिधालयमा आएर संस्थाले गरेको शैक्षिक सामाग्री कार्यक्रम बाट खुसी व्यक्त गर्दै बिधालयको तर्फबाट संस्थालाई सम्मान समेत गरिएको कार्यक्रमलाई संस्थाका केन्द्रिय सह सचीव रविन देवकोटाले संन्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !