चितवनः नेपाली कांग्रेसका २३ वटा शुभेच्छुक संस्थाले चितवनमा विरोध प्रदर्शन गरेको छ । पेशाकर्मी र्यालीमा सहभागी बनेका थिए । र्यालीपछि चौविसकोठीमा आयोजित विरोधसभामा बोल्दै कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले चितवनमा केपी ओलीको कुनैपनि होर्डिङ बोर्ड राख्न नदिने चेतावनी दिनुभएको छ । ओलीको निरङकुशता रोक्न जस्तोसुकै आन्दोलन गरिने बताउनुभयो । आन्दोलन गर्नेलाइ चिडियाखाना थुन्छु गृहमन्त्रीले भनेछन्, उहाले भन्नुभयो, निर्मला हत्याकाण्डका हत्यारा समाएर देखाउ, वकवास गर्न छोड ।

प्रतिपक्षको सशक्त आन्दोलन हेर्न चितवन आउन अनुरोध गर्नुभयो । फागुन ३ चितवनमा विशाल प्रर्दशन हुने दावी गर्नुभयो । पुर्व सांसद तथा बरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले नेकपाको दुवै समुह संविधान मिच्न लागिपरेको आरोप लगाउनुभयो । संसद पुर्स्थापना भएपनि नेकपाले विधिको शासनलाइ प्रहार गर्न नछोड्ने भएकाले कांग्रेसले खबरदारी गर्नुपर्ने बताउनुभयो । ूसर्वोच्च अदालतमा विचाराधीन मुद्दा छिनाफानो भैसकेको छैनू, उहाँले भन्नुभयो, तपाइहरुको न दलनै छ, यस्तोबेला कसरी चुनाव हुन्छ रुू कांग्रेस नेता पौडेलले दुवै समुहले आमसभाहरु गरेपनि भ्रष्टाचारका कैयन काण्डबारे मौन बसेको आरोप लगाउनुभयो । प्रतिनिधिसभा विघटन । नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष इन्दिरा सापकोटाले प्रजातन्त्रमाथि प्रहार हुन थालेकाले संविधान र प्रजातन्त्र बचाउन सबै एक्यवद्ध भएर लाग्नुपर्ने बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मण अर्यालले संसद पुनःस्थापनाको एकमात्र एजेन्डा राखेर कांग्रेस आन्दोलनमा जानुपर्ने बताउनुभयो ।

सत्ता कब्जा गर्ने षड्यन्त्रमा वर्तमान प्रधानमन्त्री लागेको जीकिर गर्नुभयो । प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष अनन्त ढुङ्गानाले वर्तमान प्रधानमन्त्री प्रजातन्त्रको खलनायक बनेको आरोप लगाउनुभयो । उहाले कम्युनिष्ट ज्यादती विरुद्ध लाग्नुपर्ने बताउनुभयो । डिएलए चितवनका अध्यक्ष विष्णु अर्यालले विधिको शासनबाट राज्य सन्चालन हुनुपर्ने बताउनुभयो । संसद विघटन गर्ने अधिकारनै नभएपनि प्रधानमन्त्रीले लहडमा विघटन गरेको आरोप लगाउनुभयो ।

संविधानमाथिको कु विरुद्ध खबरदारी आवश्यक रहेको बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाले झुटा चुनावी नारा देखाएर सत्तामा पुगेपनि जनचाहना अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । श्रमिकलाइ उपेक्षा नगर्न चेतावनी दिनुभयो । नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले संसदसंग फेस गर्न नसक्ने प्रधानमन्त्रीकै कारण देश संकटमा पुगेको बताउनुभयो । विद्यार्थी नेता विनिता चापागाईंले प्रधानमन्त्रीले जनमतको कदर गर्न नसकेको आरोप लगाउनुभयो ।नेपाल लेखक संघका कवि सुरेन्द्र अस्तफलले कालो सल र प्रिय प्रताप कविता वाचन गर्नुभएको थियो । शुभेच्छुक संघसंस्था समन्वय समितिका अध्यक्ष शालिकराम पौडेलको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस !