चितवनः नेपाली काँग्रेस निकट शुभेच्छुक संघ संस्थाहरुले भोली गर्न लागेको बिरोध प्रदर्शनको तयारी अन्तीम चरणमा पुगेको छ । काँग्रेस निकट शुभेच्छुक संस्थाहरुले भोली भरतपुरको चौबिसकोठीमा बिरोध प्रदर्शनको तयारी गरेका छन् ।

सरकारले गरेको असंबैधानीक कदमको बिरोधमा केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा पनि शुभेच्छुकहरुले बिरोधको कार्यक्रममा गर्न लागेका हुन । बिरोध अघि जिल्लाको सदरमुकाम भरतपुरका बिभिन्न स्थानबाट ¥याली भरतपुरको चौबिसकोठीमा पुगेर बिरोध सभामा परिणत हुने छ । भरतपुरको केन्द्रिय बस ट्रमिनलबाट ट्रेड युनियन काँग्रेसको बिरोध ¥यालि, शिक्षक संघको कार्यालयबाट शिक्षहरुको र बिरेन्द्र वहुमुखि क्याम्पसबाट अन्य संघ संस्थाको ¥याली निस्कने छ ।

यस्तै नेपाली काँग्रेस चितवनले यहि फागुन तीन गते गर्न लागेको बिरोध प्रदर्शनमा सम्पूर्ण भातृ संस्था एबं शुभेच्छुकहरुलाई गरिमामय उपस्थितिका लागि अपि गरेको छ । काँग्रेस चितवनको आज सम्पन्न बैठकले सरकारको असंबैधानीक कदमको बिरोधमा आयोजना गर्न लागेको बिरोध प्रदर्शनमा सबै शुभेच्छुक संघ संस्था एबं भातृ संस्थाहरुलाई सहभागीका लागि अनुरोध गरिएको हो ।

केन्द्रिय सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रम भरतपुरको चौबिसकोठीमा हुने छ । नेपाली काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले भूमि सम्बन्धि समस्या समाधान आयोगले गर्न लागेको भूमि सम्बन्धि काममा सर्वदलिय सहमती अनुसार गराउन सम्बपूण स्थानीय तहमा रहेका आफ्ना कमिटिहरुलाई निर्देशन समेत गरेको छ । काँग्रेस चितवनका सचि उत्तम जोशीका अनुसार सबै स्थानीय तहलाई आयोगले गर्न लागेका कामहरु सर्बदलिय बैठक र छलफलबाट मात्र गराउन निर्देशन गरिएको हो ।

यस्तै बैठकल नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्ष वन्नुभएका इच्छाकामना गाउँपालिकाका वडा अध्यक्ष, खैरहनी नगरपािलकाका वडा नम्बर १३ का वडा अध्यक्ष र कृषि तथा वन बिज्ञान विश्वविद्यालयका सहायक डिनको निधन प्रति शोक प्रस्ताब समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस !