
चितवनः देवघाटबाट किरियापुत्री बोकेर भरतपुर तर्फ आउँदै गरेको बसमा प्रदर्शनकारीहरुले तोडफोड गरेका छन् । उनीहरुले जगतपुर जान आउँदै गरेको ना ४ ख ३७३१ नम्बरको वस माथि आँपटारीमा तोडफोड गरेका हुन ।
किरायापुत्री लिएर फर्किदै गरेको बसमा तोडफोड गर्दा किरियापुत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार घाईते हुनेमा किरिायपुत्री सन्त वहादुर विक रहनु भएको छ । उहाँलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ । अबस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।(फाईल तस्बिर)