
चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले आयोजना गरेको वन्दका क्रममा सञ्चालन गरेको भन्दै वन्द कर्ताले चार वटा ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट नारायणगढ तर्फ आउँदै गरेका दुइवटा र बिरगञ्जबाट पोखरा तर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड तोडफोड गरेका हुन ।
वन्द कर्ताले ना ३ ख ३९३, ना १ क १४३५ र ना ८ ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाईकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका वडा नम्बर १ भतेरीमा ट्रक तोडफोड गरेका हुन ।
यस्तौ टाँडी तर्फबाट नारायणगढ तर्फ आउँदै गरेको ना ४ ख ८८५५ नम्बरको मालवहाक ट्रकलाई भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
सरकारले गरेको असंबैधानीक कदमको बिरुद्धमा प्रचण्ड–नेपाल समुहले आमहड्तालको आव्हान गरेका हुन । जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । फाट्ट फुट्ट रुपमा अत्यावश्यक सवारी साधनहरु संञ्चालनमा आएका छन् भने उद्योग, कलकारखाना, पसलहरु बन्द भएका छन् ।
वन्दकर्ताहरु नारायणगढको पुलचोक र शहिदचोक लगाएतका चोकहरुमा उत्रीएर बन्द गराएका छन् ।