चितवनः जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाको प्रचण्डा–नेपाल समुहलाई चाँडो सम्बन्ध बिच्छेद गर्न सल्लाहा दिनु भएको छ । समाजवादी पार्टी चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्नुहुँदै उहाँले प्रचण्ड नेपाल समुहलाई प्रधानमन्त्री केपी शर्मा ओलीको भष्मासुर प्रबिधिबाट मुक्त हुनका लागि सम्बन्ध बिच्छेद गर्न जरुरी रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “ओली पहिला देखिनै निरंकुश हुन । अहिले पनि त्यही वन्न खोजेका छन । प्रचण्ड–नेपाल समुहले सम्बन्ध बिच्छेद गरेर ठूलो आन्दोलन गर्नु पर्छ ।” आन्दोलनबाट मात्रै प्रतिगमन सच्चिने भन्दै उहाँले अहिलेको प्रतिगमन राजतन्त्रको प्रतिगमन भन्दा खतरा रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले गरेको संसद बिघठन संबिधानतः नभएकाले अझै खतरा भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “वि. सं. २०१७ सालमा राजा महेन्द्रले र वि. सं.२०६२ सालमा ज्ञानेन्द्रले गरेको प्रतिगमन भन्दा अहिलेको सरकारले गरेको प्रतिगमन खतरा छ ।”यसलाई सच्याउन आबश्यक रहेको उहाँको भनाई थियो । आन्दोलनको आधिबेहरि नल्याएसम्म पुस ५ गतेको प्रतिगमन सच्चिने सम्भावन नरहेको उहाँको जिकिर थियो । अहिले जनता न्याएको पक्षमा उभिनुपर्ने समय आएको उहाँले बताउनुभयो ।

सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संबिधानको मर्म बिपरित काम गरेको उहाँको आरोप थियो । जनतामा निहित अधिकारको बिघठन गर्दैं संबिधानलाई कार्यान्वयनमा ल्याउन नसकेको भन्दै उहाँले जनताको वलवाट भए पनि संसद पुर्नस्थापना हुन सक्ने बताउनुभयो ।

पूर्ब प्रधानमन्त्री भट्टराईले नियोजित ढंगले जालसाझि राखेर संसद विघटन गरिएको आरोप लगाउनुभयो । पुस ५ गतेको घटना नेपालमा निरङकुशता ल्याउने षड्यन्त्र भएको दावी गर्दै उहाँले अहिलेको समयमा निर्वाचन हुन नसक्ने जिकिर गर्नुभयो । निर्वाचन घोषणा गरेपनि निर्वाचन हुने सम्भावना नरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “हामीले नजिते सम्म लड्छौ, लड्छौ । बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियता माथिनै खतरा छ ।” यसका लागि फागुन पहिलो साताबाट संयुक्त आन्दोलनको तयारी भइरहेको उहाँले बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले पार्टी एकताको प्रकृया केही समयमानै टुङ्गाएर अघि वढ्ने योजना सहित अघि वढिएको जानकारी दिनुभयो । पार्टीलाई बैकल्पिक शक्तिको रुपमा बिकास गर्ने योजनाका साथ अघि वढाइएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !