
चितवनः जनता समाजपार्टी नेपाल केन्द्रिय समितिले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । समितिले आज एक बक्तव्य जारी गर्दै सरकारले पुष ५ गते गरेको संसद भंग र निर्वाचनको बिषयलाई लिएर आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत माघ २३ गते जनप्रदर्शन गर्ने, २५ गते पुत्ला दहन र २८ गते मसाल जुलुश प्रदर्शन रहेको छ । पार्टीका सूचना तथा प्रचार बिभाग प्रमुख डम्बर खतिवडाद्धारा जारी बिज्ञप्तिमा संघिय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका र वडा स्तरमा आन्दोलन जारी राख्न तल्लो तहलाई समेत आव्हान गरिएको छ ।