चितवनः भौतीक पूर्बाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था बिभागले आँपटारीमा तौलपुल स्थापना गरेको छ । बिभागले निर्माण गरेको तौलपुल आज उद्घाटन गर्न मन्त्री बसन्तकुमार नेम्वाङ्ग सहभागी हुनु भयो ।

मन्त्रीले पुलको उद्घाटन गरे संगै पुलमा तीन वटा मालवहाक सवारी साधनको तौल लिइयो । तौल लिदाँ तीन वटै सवारी साधनहरुनै क्षमताभन्दा वढि तौललिएर आएका सवारीहरुलाई छाडीयो । सडकको सुरक्षा र दुर्घटना न्यूनिकरणका लागि पुल स्थापना गरिएको भए पनि मन्त्रीकै अगाडी तौल वढि लिएका सवारीलाई छाडीयो । ट्राफिक प्रहरी र मन्त्रीकै अगाडी वढि तौल भएकाहरुलाई सवारी साधनलाई छोडीनुलाई गम्भिर अर्थको रुपमा लिइएको छ ।

कार्यक्रममा मन्त्री नेम्वाङ्गले सडक जोगाउनका लागि सडकमा तौलपुल राख्न थालिएको बताउनुभएको छ । उहाँले यसले सडक जोगाउने र दुर्घटना हुन बाट रोक्ने बताउनुभयो ।

सडक सुधारका कामहरु भइरहेको भन्दै उहाँले वढि ढुवानी गर्ने सवारी साधनहरुले सडक नविगारोस भन्नका लागि तौलपुल राखिएको बताउनुभयो । उहाँले भन्नुभयो “वाटोको क्षमता भन्दा वढि तौल बोकेका सवारी साधनले सडक बिगार्ने र दुर्घटना निम्त्याउने हुँदा रोक्नका लागि तौलपुल राखिएको हो ।” नारायणगढ–मुग्लिन सडक खण्डको आँपटारीमा नेपाल सरकारका तर्फबाट पहिलो तौलपुल राखिएको भन्दै उहाँले यातायात क्षेत्र र ढुवानी क्षेत्रलाई यसले व्यवस्थित गर्ने पनि वताउनुभयो ।

ठूलाठूला राजमार्गहरुमा पनि तौलपुल राखिने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “नेपालमा पहिलो इलेक्ट्रिक टोलको ठेक्का व्यवस्थापन गर्न गइरहेका छौ ।” नयाँ वन्न लागेका सडकहरु अहिलेको युग संगै प्रबिधि मैत्री बन्दै जाने मन्त्री नेम्वाङ्गले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नयाँ सडकहरु प्रबिििध मैत्री वनाउँछौ ।”

देशभरमा १० वटा सिक्नेचर पुल वनाउन लागिएको भन्दै उहाँले यस क्षेत्रमा नारायणी नदीमा आकर्षक सिक्नेचर पुल वन्ने जानकारी दिनुभयो । कार्यक्रम पछि पत्रकारहरु संग कुराकानी गर्दै उहाँले भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि आँफु सकारात्मक रहेको बताउनुभयो । उहाँले आबश्यक प्रकृया पुरा गर्नका लागि मन्त्रालय तयार रहेको छ भन्नुभयो ।

यस सडक हुँदै आवतजावत गर्ने मालवाहक सवारी साधनलाई तौलपुलमा तौल लिइने छ । सडकको क्षमता भन्दा वढि सामान वोकेका सवारीबाट सामाग्री झारेर कारवाही गरेर पठाइने छ । कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक गगन वहादुर हमालले पुलले सडक दुर्घटना घटाउने र सडकको आयु वढाउने बताउनुभयो । बिभागका निर्देशक इ. रामचन्द्र पौडेलले मालवहाक ठूला ट्रकहरुले क्षमता भन्दा वढि सामान वोकेका कारण समस्या हुँदै आएको बताउनुभयो । सो तौल पुल रु १ करोड २१ लाख ७३ हजारमा जडान गरिएको हो । तौलपुलको क्षमता ८० टन रहेको छ ।

प्रतिक्रिया दिनुहोस !