चितवनः प्रधानमन्त्री केपि शर्मा ओलीको हेलीकप्टर भरतपुर बिमानस्थलमा झर्ने समयमा नेकपा प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालो वेलुन उडाएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको सिटिहल, नारायणगढ –गोन्द्राङ सडक खण्ड ६ लेनको निर्माण र नेकपा चितवनको आयोजनामा हुन लागेको जनसभालाई सम्बोधन गर्न चितवन आउनु भएका प्रधानमन्त्री ओलीलााई कालो वेलुन मार्फत विरोध प्रदर्शन गरिएको हो ।

प्रतिगमन मुर्दाबाद भन्ने नारा लेखिएको वेलुन प्रधानमन्त्रीको हेलीकप्टर अवतरण हुने समयमा भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर क्षेत्रबाट उडाइएको हो । यस अघि आज बिहान सोही समुहले बिरोधमा जिल्लाका बिभिन्न ठाउँमा टायर बाल्नुका साथै प्रचा छरिएको थियो ।

प्रधानमन्त्रीले पुष ५ गते देखि संसद बिगठन गरेर निर्बाचनको मिित घोषणा भए संगै प्रचण्ड–नेपाल समुह र अन्य राजनैतिक दल सडकमा रहेका छन् । संसद विघटनको बिरोमा प्रधानमन्त्री चितवन आएको अबसरमा बिरोध प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !