चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले प्रधानमन्त्रीले भोली शिलन्यास गर्ने भनिएका आयोजनाहरुमा पार्टीका जिल्ला तथा वडा स्तरीय कार्यकर्ता सहभागी नहुने जनाएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि सरकारले संसद बिघठन गरेर प्रतिगमन गरेको भन्दै उहाक्त कार्यक्रममा सहभागीता नजनाउने जनाएको हो ।

पत्रकार सम्मेलनमा नेकपा चितवन कुनै गुटको कार्यक्रममा सहभागीता नजनाउने भन्दै शिलन्यास सहित जनसभा आँफुहरुको नरहेको जनाएको हो । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले महानगरका आयोजनाहरुको शिलन्यासका लागि काम चलाउ सरकारका प्रमुख आउनु हास्यास्पद मात्रै नभएर राज्य शक्तिको दुरुपयोग भएको बताउनुभयो । बिगत केही महिना देखि निर्माण कार्य अघि वढेका आयोजनाहरुको बिचमा आएर शिलन्यास गर्नुको कुनै अर्थ नरहेको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो “यस्तो नौटङ्की युक्त कार्यको नेकपा चितवन बिरोध गर्दछ ।” सरकारले सत्ता र शक्तिको दुरुपयोग गरि निर्वाचन आचार संहिताको ठाडो उलङ्घन गरेको उहाँको भनाई छ । सरकारको असंबैधानीक कदमको बिरोधमा नेकपा सडकमा रहेको र सडकबाटै सरकारको प्रतिगमन कारी निर्णय सच्चिने विश्वास रहेको भन्दै परियारले संसद् विघटनको मुद्दा संवैधानिक अदालतमा विचाराधीन रहेको समयमा निर्वाचन हुन नसक्ने बताउनुभयो । निर्वाचन आयोगले अदालतको काम कारबाहीलाई नै प्रभावित पार्ने गरी सरकारको दबाबमा निर्वाचनको कार्यक्रम घोषणा गर्न लागेको उहाँको भनाई छ । अदालतको पैmसला अगावै यस्ता गतिविधि रोक्न उहाँले माग समेत गर्नुभयो ।

सरकारले अहिले जनतामाझ झुटा आस्वासन दिने काम मात्र गरेको भन्दै उहाँले यस्ता आस्वासनको पछाडी नलाग्ने समेत जनतालाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै नेकपा चितवनका इन्चार्ज कृष्ण प्रसाद खनालले केही व्यक्तिले पार्टीको नामको दुरुपयोग गरेको जानकारी आएको भन्दै यस्तो नगर्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !