चितवन, १३ माघ । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा आज मंगलबार बिहान उहाँको निधन भएको हो ।

उहाँ मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँलाई एक साता अघिदेखि अस्पतालमा राखेर उपचार गरिंदै आएको थियो । उहाँको बिहान ८ः४५ बजे निधन भएको हो । बि.सं. १९८४ साल वैशाख १० गते लमजुङको तत्कालिन थानसिंह बाङ्ग्रे गाविस वडा नम्बर ७ मा बुबा ललितजंग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले जीवनभर वामपन्थी राजनीति गर्नुभयो । उहाँ नेकपा अध्यक्ष पुष्पकमल दाहालका राजनीतिक गुरु समेत मानिनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस !