काठमाडौं, ११ माघ । नेपालमा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ४०३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ४०३ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना लागेर निको भएका ब्यक्तिको संख्या दुई लाख ६४ हजार १३७ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । उक्त मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार एक जना पुगेको छ ।

हाल तीन हजार ३१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार ३१२  जना आइसोलेशनमा र १४५ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस !