चितवनः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संबिधानमा रहेको अस्पष्टतालाई सर्बोच्चले व्याख्या गर्नु पर्ने बताउनुभएको छ । पत्रकारहरु संग आज यहाँ कुराकानी गर्नुहुँदै उहाँले अहिलेको संबिधानमा प्रतिनिधि सभा विगठनबारे रहेको असपष्टतालाई सर्बोच्चले व्याख्या गर्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “सर्बोच्च अदालतमा बिचाराधिन अबस्थामा रहेको मुद्धामा सर्बेच्चले उचित व्याख्य गर्नु पर्छ । राजनैतिक दल र अन्य संस्थाहरुले अदालतलाई दवाव दिनु हुँदैन ।” देशको अबस्थालाई हेर्दै सर्बाेच्चले चाँडोभन्दा चाँडो निर्णय दिनुपर्ने उहाँको तर्क छ । उहाँले १४ वर्षको राजनैतिक अभ्यासमा भएको असफलताका कारणले गर्दा वर्तमान संबिधान, व्यवस्था र मार्ग चित्रबारे प्रश्नचिन्ह खडा भएको बताउनुभयो । अहिलेको समयमा मौलाउँदै गएको भ्रष्टाचार, कुशासन र निरंकुशताका लागि ताजा जनादेशमा जानु उपयुक्त बिकल्प रहेको उहाँको भनाई छ ।

राजनैतिक दलका नेताहरु एक अर्काको आरोप प्रत्यारोपमा लाग्दा देश मुठभेडमा जाने खतरा वढेको बताउँदै उहाँले भन्नुभयो “पक्ष बिपक्षको शक्ति प्रदर्शनले देश मुठभेड तर्फ जाने देखिएको छ । यसले प्रजातन्त्रलाई कम्जोर वनाउँछ ।” प्रजातन्त्र कम्जोर वन्दा बिदेशी शक्तिहरुको चलखेल वड्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “अस्थिरता र अराजकता वढ्दै गएको अबस्थामा परिस्थिती राजनैतिक दल र नेताहरुभन्दा बाहिर जान सक्ने खतरा देखिन्छ ।” उहाँले सबै दल र नेताहरु सचेत रहँदै सम्यमता अपनाएर सर्बोच्चको आदेश कुर्नु अहिलेको उत्तम बिकल्प रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !