
चितवनः सरकारले गरेको प्रतिनिधि सभा बिघठनको बिरोधमा नेपाली काँङ्ग्रेसले आज देशभरका सबै वडा तहमा बिरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेस चितवनको आव्हानमा जिल्लाका सात स्थानीय तहका ९८ वटा वडामा बिरोध प्रदर्शनका कार्यक्रम भएका छन् ।
बिरोध सभा हुनु अघि वडा वडामा बिरोध प्रदर्शन समेत गरिएको नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो । बिरोध प्रदर्शन संगै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले आ–आफ्नो सामाजिक संञ्जालमा बिरोध प्रदर्शन, सभा र बक्ताको तस्बिर, भिडियो अवलोड गरेपछि काँग्रेस सामाजिक सञ्जालमा रंगिएको छ ।
श्रेष्ठका अनुसार ९८ वडामा कम्तिमा १ जना महिला सहित ७ जना सम्म जिल्ला नेताले सम्बोधन गरेका थिए । जसलाई हेर्दा पाँच सय भन्दा वढिले सरकारको कदमको बिरोधमा सम्बोधन गरेको देखिन्छ । उहाँले भन्नुभयो “हाल सम्मकै धेरै जिल्ला तहका नेताले एकै दिन सम्बोधन गरेको यो पहिलो कार्यक्रम हो । ” एउटा कार्यक्रममा ३ सय देखि ७ सय सम्म सहभागी भएको भन्दै उहाँले ५० हजार भन्दा वढि नेता कार्यकर्ता बिरोधमा उत्रिएको उहाँले जानकारी दिनुभयो । नेपाली काँग्रेस चितवनले बिरोध कार्यक्रम व्यवस्थित वनाउन सबै वडामा प्रतिनिधि तोकेको थियो । कतिपय वडाका प्रतिनिधि आँफै कार्यक्रमका प्रमुख अतिथि थिए भने कतिपयमा जिल्ला तहका नेताहरु रहेका थिए ।
सरकारले गरेको असंबैधानिक कदमका बिरुद्धमा काँग्रेसले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । काँग्रेसले जिल्ला, प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र, स्थानीय तह हुँदै वडा तहको प्रदर्शनका कार्यक्रम गरेको हो ।