चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले फरार रहेका २५ जना अभियुक्तलाई पक्राउ गरि अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार बुधबार २२ जना पुरुष र ३ जना महिलालाई पक्राउ गरी आज अदालतमा बुझाइएको हो ।
उहाँका अनुसार चोरी, सवारी ज्यान, लागू औषध, बहुबिवाह, वन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धि कसुर, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद लगाएतका मुद्धामा फरार रहेका उनीहरुलाई पक्राउ गरि अदालत पठाइएको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय दिव्यनगर र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिभिन्न क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ४ वर्ष ६ महिना कैद र रु ४० हजार १ सय ७४ जरिवाना भुक्तानका लागि अदालत पठाइएको थापाले जानकारी दिनुभयो ।
कार्यालयले चालु आर्थीक वर्षको हाल सम्म फैसला कार्यान्वयनका लागि १ सय ८६ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट २७ वर्ष ५ महिना ४ दिन कैद र रु २२ लाख १ हजार २ सय जरिवाना भुक्तान गराईएको छ ।