
चितवनः यातायात व्यवसायीहरु संग घुस लिएको अभियोगमा जिल्लाका तीन जना प्रहरीलार्य पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तिराज गुरुङ्को टोलीले उनीहरुलाई मंगलबार राती ९ वजे पुलचोकबाट पक्राउ गरेको हो ।
कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायी संग रकम अशुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोक वहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मीमगरलाई नियन्त्रणमा लिईएको हो । उनीहरुलाई घुस दिएको अभियोगमा एक जना किराना व्यवसायी संगै पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङ्ले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट घुस बापत लिएको रु २ हजार १ सय ५० समेत वरामद गरिएको छ । उहाँले भन्नुभयो “पक्राउ परेका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धानको प्रकृया सुरु गरिएको छ ।”
गुरुङ्का अनुसार उनीहरुले पैसा संकलनका लागि नारायणगढमा रहेको कालिगण्डकी किराना पसलका संञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेका थिए । उनलाई समेत नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । घुस दिनेहरु छाहारी यातायात व्यसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवासयी समितिका एकनाथ ढुङ्गाना र दिपक खड्की रहेका छन् । यस्तै केरुङ यातायातका छिरिङ लामा लाई प्रहरीलाई घुस दिएको अभियोगमा पक्राउ गरि पाँचै जनालाई अभद्र व्यवहारमा मुद्धा दर्ता गरिएको उहाँले बताउनुभयो ।
पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरेवापत वस, अटो रिक्सा, म्याजिक भ्यान लगायतको सवारीचालकहरुसँग रकम लिएको उहाँले बताउनुभयो ।