कम्युनिष्टको बदनाम गर्न संसद विघठनः नेता पोख्रेल

चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य लिलामणी पोख्रेलले कम्युनिष्ट पार्टीको वदनाम गर्नका लागि संसद विघठन गरिएको बताउनुभएको छ । नेकपा भरतपुर महानगर कमिटिले आज यहाँ आयोजना गरेको बिरोध सभामा बोल्दै उहाँले सरकारको अहिलेको कदम कम्युनिष्टको वदनाम गर्न र कम्युनिष्ट आन्दोलनलाई धोखा दिनका लागि चालेको बताउनुभयो ।

पार्टी बिभाजनका लागि कसरत गरिरहेकोमा सम्भवन नभए पछि संसद भंग गरेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो “पार्टी बिभाजनका लागि बिभिन्न कसरत गरेका प्रधानमन्त्रीले पार्टी बिभाजनमा आँफु असफल भए पछि संसद भंग गरेर निरंकुसताबाद लाद्न खेजेका छन् ।”

संसद भंग गरेर संबिधानको हत्या गर्ने प्रपञ्च गरिएको भन्दै उहाँले प्रतिगमनको सुरुवात भएकाले सबै सचेत भएर यसको बिरुद्धमा लड्नु आबश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य जगन्नाथ खतिवडाले संसद पुनर्गठन नभएमा प्रधानमन्त्रीको हैसियत पूर्ब राजाको जस्तो वन्ने बताउनुभयो । उहाँले भन्नुभयो “राजाले पनि सर्बेसर्बा म नै हुँ भन्ने ठानेका थिए उनको हबिगत के छ अहिले ।”

नेकपाको महानगर स्तरीय संघर्ष समितिका संयोजक तेजेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेकपा चितवनका अध्यक्ष यम वहादुर परियार, बाम बुद्धिजिवि प्रेम रिमाल लगाएतले बोल्नुभएको थियो ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer