
काठमाडौं, ४ माघ । निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलहरुलाई छलफलमा बोलाएको आयोगले मतदाता नामावलीको प्रस्तावित कार्यक्रम अघि सारेको छ, जसअनुसार माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने, त्रुटि भए सच्याउन १६/१७ गते निवदेन दिने उल्लेख छ ।
छलफलमा नेकपा प्रचण्ड–माधव समूहका नेता राजेन्द्र पाण्डेले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले निर्वाचन कार्यक्रम अगाडि बढाउन नहुने बताए । साथै आयोगका कर्मचारी सरुवाको विषयमा समेत आफूले विषय उठाएको नेता पाण्डेले जानकारी दिए ।