
चितवन – दोस्रो माडी गोल्डकप फुटबलमा लेखनाथ युनाइटेड क्लब पोखराले बिजयी सुरुवात गरेको छ । वसन्तपुर युनाइटेड क्लब माडीको आयोजनामा आज (शनिबार) बाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हनामी एभरेष्ट क्लब, चितवनलाई २-० गोलअन्तरले पराजित गर्दै लेखनाथ पोखराले बिजयी सुरुवात गरेको हो ।
लेखनाथको जितमा रुपक लामा र अमित तामाङले १/१ गोल गरे। एक गोल गरेका खेलको लेखनाथका अमित तामाङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत भोलि (आइतबार) माडी-११ र बीरगन्ज युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।खेल दिउँसो २ बजे हुनेछ। त्यस अघि प्रतियोगिताको माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले उद्घाटन गरेका थिए ।
माडीकै सर्बाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको प्रतियोगितामा देशभरका ८ वटा टिमहरु सहभागी रहेको आयोजक क्लबका उपाध्यक्ष अमृता क्षेत्रीले जानकारी दिए । प्रतियोगिताको फाइनल खेला माघ १० गते हुनेछ ।