चितवनः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबं पूर्वमन्त्री महेश आचार्यले संसद विघटन हुनुमा प्रधानमन्त्री ओलीसंगै प्रचण्ड र माधव नेपाल पनि दोषी रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिले आज यहाँ आयोजना गरेको विरोध कार्यक्रममा उहाँले ससद विघटन जस्तो संबैधानिक अपराधको दोषी ओली मात्र नभइ प्रचण्ड र माधव नेपाल पनि भएको बताउनुभयो ।

सत्ता लुछाचुडीका कारण प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै उहाँले असंबैधानिक कु को जिम्मा प्रचण्ड र माधव नेपालले पनि लिनु पर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्रीलाई बलियो बनाएर पार्टीलाई छायाँमा राख्ने काम प्रचण्ड र माधन नेपालले गरेको भन्दै उहाँले भन्नुभयो “संसद् विघटन ओलीले मात्र गरेर भएको होइन,प्रचण्ड र माधव नेपाल पनि उत्तिकै दोषी हुन ।” यो अपराधको दोष सिंगो नेकपाले लिनुपर्ने भन्दै उहाँले ओली मात्र यसको भागिदार नभएको बताउनुभयो ।

संविधान माथी प्रधानमन्त्रीले गरेको आक्रमणको विरोधमा काङ्ग्रेस सडकमा आएको भन्दै उहाँले संसद पुर्नस्थापना नभए सम्म संघर्ष जारी राख्ने बताउनुभयो । सभा सुरु हुनुभन्दा पूर्व काँग्रेसले रत्ननगरमा विरोध ¥याली निकालेको थियो । नगर सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सह–सचिव सूर्य अर्याल,नगर सचिव सीतादेबी शर्मा रेग्मी लगायतले बोल्नुभएको थियो ।
नेपाली काङ्ग्रेसले आजै अन्य ६ वटा पालिकामा पनि बिरोध सभा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !